काठमाडौँ, ७ चैत । २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो । जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ ।
सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाए । त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ ।
जीवनमा हरेक कुरा सिकेर नै थाहा हुन्छ । तपाईं वा हरेक मानिसले खुशी कसरी बन्ने भनेर सिक्न सक्छन् । खुशी हुन नसक्ने कमजोरी भए तपाईंले त्यसलाई सुधार गर्न सक्नुहुन्छ । एउटा शिशु परिपक्व मानव बन्न कतिकुरा सिक्नुपर्छ ? खेलाडी र संगीतकर्मीले कति मेहनत गरेर प्रशिक्षण लिन्छन् ? त्यस्तै खुशीका लागि पनि मानिसले मेहनत र संघर्ष गर्नुपर्छ । यो एकाएक पानी बर्सिएजस्तो आउने कुरा होइन । खेल र संगीत साधकका नियम भएजस्तै खुशी जीवनका लागि पनि नियम र अनुशासन पक्कै हुन्छन् । नियम र अनुशासनमा शरीर र मनलाई राखेर अगाडि बढे अवश्य खुशी मिल्छ । बिबिसीले एक अध्ययनलाई आधार मानेर खुशी बन्ने पाँच उपाय सार्वजनिक गरेको छ । यो एक अमेरिकी प्राध्यापकको अनुसन्धानको निष्कर्ष हो ।