कांग्रेसको माग अनावश्यक, छानबिन समिति सम्भव छैन : अध्यक्ष ओली

काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । 

आज संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको प्रश्नमा ओलीले भने, ‘सम्भव छैन ।’, ‘सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गर्नु हुँदैन ।’

परिपक्व प्रतिपक्षीको भूमिकाको निर्वाह गर्न उनले कांग्रेसलाई आह्वान गरे । त्यसअघि, संसद् बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।