काठमाडौँ तेस्रो प्रदूषित सहर

काठमाडौँ, ६ चैत । विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौँ तेस्रो नम्बरमा परेको छ ।

वायु प्रदूषणको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहान ११ः४५ बजेको लाइभ अपडेटअनुसार काठमाडौँ तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ । सबैभन्दा प्रदूषित थाइल्याण्डको च्याङ माइ सहर रहेको आईक्यू एयरको तथ्यांक छ । त्यहाँ प्रदूषणको मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ ।

यस्तै, दोस्रोमा रहेको पाकिस्तानको लाहोरमा प्रदूषणको मात्रा १७५ यूएस एक्यूआई छ । काठमाडौँमा प्रदूषणको मात्रा १७० यूएस एक्युआई पुगेको आईक्यू एयरको तथ्यांक छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा सोमबार ललितपुरको भैँसेपाटीमा प्रदूषणको मात्रा १९१ पुगेको रेकर्ड छ । विश्व स्वास्थ्य संगठनले ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानेको छ । अन्य प्रदूषित सहरहरूमा बंगलादेशको ढाका, भारतको दिल्ली, मुम्बइसहित सेनेगल, दक्षिण कोरिया र बहराइन छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो