अनलाइन क्यासिनो खेलाउने चार जना पक्राउ

काठमाडौँ, ६ चैत । अनलाइन क्यासिनो खेलाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई चाबहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई हाल गोकर्णेश्वर बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई गोकर्णेश्वर घर भएका २८ वर्षीय तेम्बा लामालाई पक्राउ गरेको हो ।

क्यास एप, फायरकर्लिनजस्ता एपमार्फत अनलाइन बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी खेल खेलाउने गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट अनलाइन खेल खेलाउन प्रयोग भएका ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्