काठमाडौँ, ६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।