सर्लाहीमा गोली चल्यो

काठमाडौँ, ६ चैत । सर्लाहीमा गोली चलेको छ ।

सर्लाही प्रहरीका अनुसार गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको हो । गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन छ । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनीहरुबिरुद्ध जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ ।

आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो