काठमाडौँ, ६ चैत । आज २०८० साल चैत ६ गते मंगलबारको राशिफल ।
मेष: नयाँ कार्यको लागि प्रस्ताव आउनेछ । टाढिएका व्यक्तिसँग भेटघाट होला । अकस्मात शुभ समाचार प्राप्त होला ।
वृष: बौद्धिक क्षमता बढ्ने छ । सानो प्रयासले ठूलो उपलब्धि होला । तर व्यक्तिको पूर्ण विश्वास नगर्नुहोला ।
मिथुन: पुराना सामान पुनः प्रयोगमा ल्याइने छ । कामको उचित मूल्यांकन हुने छ । सन्चित धनको खर्च बढ्ने छ ।
कर्कट: मुद्दा मामिला झन् जटिल बन्ने छ । पौराणिक विषयको खोजीमा रुचि रहला । शरीरमा दुर्बलता होला ।
सिंह: अपाच्य वचनको सामना गर्नुपर्ला । लौकिक सुख प्राप्त होला । घरमा धार्मिक कार्य तय हुनेछ ।
कन्या: प्रतिष्ठित कामले अरुलाई आकषिर्त गरिएला । मान्यजनको साथ सहयोग प्राप्त होला । रोकिएको कामबाट पनि फाइदा हुने छ ।
तुला: सामान्य काम पनि सम्पन्न हुने छैन । स्वास्थ्यका लागि धन खर्चनु पर्ला । आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु पर्ने छ ।
वृश्चिक: सामूहिक काममा अगाडि नबढ्नु होला । नयाँ श्रोतसाधन जुट्ने छन् । प्रेम सम्वन्ध कसिलो बन्ने छ ।
धनु: शारीरिक समस्याले चिन्तित बनिनेछ । अप्रत्यासित घटना घटित होला । पदोन्नतिको योग बन्नेछ ।
मकर: नयाँ कामको अवसर प्राप्त होला । आफ्नो कामको फाइदा अरुले लिनेछन् । मनमा थप भय उत्पन्न होला ।
कुम्भ: नयाँ कामको अवसर प्राप्त होला । आफ्नो कामको फाइदा अरुले लिनेछन् । मनमा थप भय उत्पन्न होला ।
मीन: दिनको मध्यान्त पछिको समय शुभ रहला । प्रेम सम्वन्धमा धोका पाइएला । आफ्नो कार्यसम्पादन सहज होला ।