टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट लगाउमा राख्न आदेश

काठमाडौँ, ५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई लगाउमा राख्न आदेश भएको छ ।

आज सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लगाउमा राखी पेश गर्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डे सहित एमाले सचिव टोपबहादुर रायमाझी लगायतका व्यक्तिहरु उच्च अदालतबाट पनि पुर्पक्षमै राख्ने आदेश भएको थियो ।

उच्च अदालतको आदेश वेरितको रहेको कारण बदर गरी थुनामुक्त गरिपाउँ भनी पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ हुँदा सोही प्रकरणसँग जोडिएका अन्य मुद्दा पनि अदालतमा रहेको कारण लगाउमै राखी सुनुवाइ हुन वाञ्छनीय देखिएको भन्दै लगाउमा राख्ने आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो