परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रिय सहमति कायम गरौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ, ५ चैत । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र मामलाका सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने गरी परराष्ट्र नीति अवलम्बन नगरिए गम्भीर चुनौती आउने बताए । 

बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति र दक्ष र कुशल कूटनीतिबाट सरकार पछि नहट्ने भन्दै त्यसका लागि सरोकारवाला सबैको साथ आवश्यक रहेको पनि बताए ।

‘दुई छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता, सबै विश्वका मित्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारहरूसँग पनि सहभागितामूलक सुसम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालित हुने र अघि बढ्नेछौ’, मन्त्री श्रेष्ठको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।