गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

काठमाडौँ, ५ चैत । लुम्बिनी विकास कोषले गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।

कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ ।

लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्ण रूपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराएको छ । विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रका रूपमा स्थापित गर्न अनुरोध गर्दै कोषले सबै गुम्बा र विहारलाई पत्र पठाएको छ । विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमित रूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ ।

साथै, कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न/नगराउन अनुरोध गरेको छ । व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिइएको छ । लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रका रूपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारका रूपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका निम्ति जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०