नर्स हत्या गरेर भागेका प्रेमी झुण्डिएको अवस्थामा मृत फेला

विराटनगर, ५ चैत । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् ।

अस्पतालको अर्थाे विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर– ४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा फेला परेका छन् । जिल्ला सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्था शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो ।
 
हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा  लागेको थियो । तर, उनी आफैँ मृत भेटिएका छन् । उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल आस्पाताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी जनाएको छ । प्रहरी होटेल फाइनमा पुग्दा ढोका बन्द भेटिएको र फोरेर हेर्दा दास झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । यो होटेल नर्सको हत्या भएको कोठाभन्दा करिब तीन सय मिटर पूर्वदक्षिणमा पर्छ । 

प्रहरी अनुसन्धानबाट उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो । दास वैदेशिक रोजगारीमा मलेसिया गइ आएका थिए । तर, पछि चन्द्रिकाकुमारीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध बसेको र त्यसकै आवेगमा हत्या भएको अनुसन्धानले देखाएको मोरङ प्रहरीले जनाएको छ । शिवशंकर फागुन २७ गते मेलेसियाबाट आएर २९ गते विराटनगर आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।