नेसपाले खारेज गर्‍यो यादव पक्षले माओवादीसँग गरेको एकता घोषणा

काठमाडौँ, ४ चैत । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले जानकारी दिए ।उनले सोमबार बस्ने बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने जानकारी समेत दिए ।

शर्माका अनुसार नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेकाछन् । त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी थिए । नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग पार्टी एकता गर्नेसहितका चार बुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले दुई महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ३ असार । आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ । आजको दिउँसो १ः०० बजे बस्ने बैठकमा सङ्घीय

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैङ्कले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange