४८ लाखभन्दा बढी बालबालिकाले लगाए दादुराको खोप

काठमाडौँ, ४ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् । देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

देशभरका ती बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाइँदै छ । देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो