‘युवा स्वरोजगार र गाउँ फर्क अभियानः अबको बजेटको तीन श्रृङ्खला’

आर्थिक समृद्धि र सुशासन देशको मेरुदण्ड हुन्, मुलुक रुपान्तरणको महत्वपूर्ण आधार हुन् । उत्पादन, रोजगारसँगै आर्थिक समृद्धिको आधारसँग जोड्ने सरकारको अभियान हो । आर्थिक समृद्धि र रोजगार ‘जीवन र जगत’ तथा ‘सामाजिक एकता र सद्भाव’को लागि हुनुपर्छ । मुलुकको रुपान्तरण, आर्थिक समृद्धि तथा रोजगारी अब ‘परिभाषाको लागि मात्र हैन, परिवर्तन र व्यवहार’को लागि हुनुपर्छ । प्राकृतिक सुन्दरता तथा वातावरणीय स्वच्छताले नेपाल विश्वलाई नै नेतृत्व गर्न सक्ने अवस्थामा रहेको छ । राजनीतिभन्दा माथि उठेर कृषिकै माध्यमबाट विश्वमा पहिचान स्थापित गर्न सम्भव छ । त्यसैले इच्छाशक्ति भए कुनै पनि कार्य गर्न असम्भव छैन । हामी ‘अवसर र चुनौती’ दुवैलाई मुलुकको सुन्दर भविष्यको आधार मान्दै ‘समृद्ध नेपालः सुुखी नेपाली’को अभियान चलाउनुपर्ने अपरिहार्यता रहेको छ । नेपालमा युवालाई कृषि तथा अन्य विविध प्रकारका रोजगारी तथा आत्मनिर्भर बनाउनको लागि ‘समस्या हैन, सम्भावनाहरु प्रशस्त रहेका छन् । ‘जहाँ समस्या हुन्छ, त्यहीँ समाधान’ लिएर आएको हुन्छ । त्यसैले नेतृत्वले सहजता र मार्गनिर्देश गरे समृद्ध मुलुक हाम्रै अगाडी रहेको छ ।

अबको बजेट, युवालाई स्वरोजगार बनाउन गाउँ फर्काएर कृषि उत्पादन बढाउने स्कीम सहितको आओसः श्रृङ्खला –१

बैंकमा पैसा जम्मा भयो, तर उद्योगी व्यवसायी लोन थप्न चाहिरहेका छैनन् । उद्योग व्यापार नवढेपछि बेरोजगारी बढ्ने नै भयो, बेरोजगारी बढेपछि भारत, खाडी मुलुक, मलेशिया, दक्षिण कोरिया र अन्य मुलुक तर्फ कमाउन जानुको विकल्प रहेन ।

विदेश कमाउन गएको व्यक्तिसँग आस्रित परिवार छोराको कमाइ खाएर दिन गुजार्न थाले, जग्गाजमिनमा काम गरेर उत्पादन गर्नुभन्दा आयातीत खाद्य पदार्थ, तरकारी, फलफूल आदि सस्तो पर्ने भएपछि उत्पादनमा नङ्ग्रा खियाउने किन रु खेतबारी बाझै रहे, सुन जस्तो धान फल्ने टाहारी खेत जंगल भएको छ । अबको पालिकाको योजना त्यो जंगलमा फैलिएका बांदर मार्न बजेट माग गर्नु पर्ने भएको छ ।

अझ विदेश गएको युवा बाकसमा फर्किनेको संख्या पनि बढ्दो छ, त्यो बेला श्रीमति, छोराछोरी, घरपरिवारको अबस्था कस्तो छरहोला ? त्यसैले कम्तीमा कृषिमा आत्मनिर्भर हुनेगरी नीति बनोस्, बजेट तर्जूमा होस् र कार्यान्वयन होस् भन्ने लाग्छ । एक स्वरोजगार, दश रोजगारी ।

अबको बजेट, युवालाई स्वरोजगार बनाउन गाउँ फर्काएर कृषि उत्पादन बढाउने स्कीम सहितको आओस : श्रृङ्खला–२

– लेकाली क्षेत्रमा आलु, जौ, फापर जस्ता अन्न उत्पादन र लोकल रक्सी ब्राण्डिङ्ग गरी उत्पादन तथा बिक्री ।
– पहाडी क्षेत्रमा सुन्तला, कागतीलगायत फलफूल र मौसम अनुसारको तरकारी खेती, कोदो, फापर, मकै खेती, नगदे बाली ।
– एडिबीसँग पालिका जोडेर खानेपानी तथा सिंचाइ योजना ।
– सानासाना ठाउँ अनुसारको कोल्ड रुम व्यवस्थापन ।
– फलफूल तथा अन्नमा आधारित वाइन तथा बियर उद्योगको स्थापना ।
– तराई क्षेत्रमा हिउँदे खेती समेत हुनेगरी सिंचाइ व्यवस्थापन, डिप बोरिङ्ग, ट्युबेल लगायतबाट पानीको स्रोतको उपयोगको लागि एडिबी र पालिकाको सहकार्यमा योजना ।
– कम्तीमा ५० बिघाको एक प्लट एकीकृत खेती र माटो सुहाउँदो एकै बाली ।
कम्तीमा कृषिमा आत्मनिर्भर हुनेगरी नीति बनोस्, बजेट तर्जूमा होस् र कार्यान्वयन होस् भन्ने लाग्छ । एक स्वरोजगार, दश रोजगारी ।

अबको बजेट, युवालाई स्वरोजगार बनाउन गाउँ फर्काएर कृषि उत्पादन बढाउने स्कीम सहितको आओस : श्रृङ्खला–३

– कृषकलाई ब्याज अनुदानमा ५ लाखसम्मको सम्बन्धित वडाध्यक्षको सिफारिसमा सफ्ट लोन दिऔं ।
– कम्पोस्ट मल उत्पादन गरेर मलमा आत्मनिर्भर बन्ने पालिकालाई रु. ७ करोडसम्मको अनुदान दिऔं ।
– विदेशबाट सिप सिकेर फर्केका युवाहरुलाई कृषि भए रु. १० लाख, पर्यटन भए रु. १५ लाख र घरेलु उद्योग भए रु. ५० लाखसम्म परियोजना धितो कर्जा वार्षिक ५% ब्याजदरमा दिऔं ।
– बेरोजगार युवाहरु आफ्नो पुर्ख्यौली गाउँ फर्केर कृषि, पर्यटन वा घरेलु उद्यमी बन्न चाहान्छन भने सिटिइभिटी/नार्क/नाष्ट जस्ता संस्थाबाट उनीहरुलाई उपयुक्त परियोजना सिफारिस गरौं र पर्याप्त तालिम दिएर सस्तो ब्याजदरमा लोन दिलाऔं ।
– स्नातक तह आठौं सेमेष्टरका प्राविधिक अध्ययन गर्ने विद्यार्थीलाई कम्तीमा छ महिना दुर्गम स्थानको पालिकामा गएर इण्टर्न्सिप गराउने व्यवस्था गरौं । कृषि, हेल्थ र इन्जिनियरिङ सेक्टरमा पालिकालाई सस्तो दरमा (खान/बस्न) जनशक्ति पनि उपलब्ध हुनेछ ।
– पहाडी इलाकाका ठूला ठूला चौरहरुमा चिया वा कफी खेतीको लागि ९९ वर्षको लागि थोरै बहाल रकम लिने त्यो पनि उत्पादनका आधारमा फिर्ता गर्ने व्यवस्था मिलाएर डांडाकांडा हरियाली बनाऔं ।
– पहुँच मार्गहरुको लागि आरसिसी ढलान सडक निर्माण गरौं ।
– उत्पादनको बिमा, खरिद, स्टोरेज र बजार व्यवस्थापन गरौं । निकासी प्रक्रियालाई सरलीकरण गरौं ।

(लेखक : गोपी न्यौपाने, अर्थ तथा कानुनविद् हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज