नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस् : राष्ट्रपति पौडेल

काठमाडौँ, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । 

नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताए । राष्ट्रपति पौडेलले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतकाविविध क्षेत्रहरूमा नेपाली सेनाको सहभागिता सम्पूर्ण नेपाली जनता तथा नेपाल सरकारको लागि भरोसाको केन्द्रको रूपमा स्थापित छ ।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भनेका छन्, “संविधानप्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढंगले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्न चाहन्छु ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्