हेलिकप्टरद्वारा हिउँमा अलपत्र परेका ८ जनाको उद्धार

जुम्ला, २४ फागुन । जुम्लामा हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकप्टरबाट उद्धार भएको छ ।

तातोपानी गाउँपालिका–४ गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई पालिका र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनबाट जुम्ला विमानस्थलमा तीन चरणमा उद्धार गरेको छ । सबैको स्वास्थ्य जाँचका लागि नेपाली सेनाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको