कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २४ मंसिर । आज सेयर बजार परिसूचक (नेप्से) १२.८४ अंकले घटेको छ । दोहोरो अंकल बजार घट्दा परिसूचक २६७६

काठमाडौँ, २४ मंसिर । आज बजारमा सुनको मूल्य बढे को छ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २४ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ ।