काठमाडौँ, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ ।
बुधबार साँझ गठबन्धनमा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिने सहमति भएको हो । उसले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय पाएको छ ।
एकीकृत समाजवादीले मन्त्री पनि टुंगो लगाइसकेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भानुभक्त जाेशी र सहरी विकास मन्त्रालय धनबहादुर बुढाले पाएका छन् ।