कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बिहीबार बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । 
 
सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन बैठकबाट गरेको छ । 

उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय हुने खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार

काठमाडौँ, २५ मंसिर । आज २०८१ साल मंसिर २५ गते मंगलबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। दैनिकी सहज बन्नेछ।

काठमाडौँ, २४ मंसिर । लम्जुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान मर्स्याङदी गाउँपालिका-६ ठुलबेसिस्थित सडकमा

काठमाडौँ, २४ मंसिर । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार