दादुरा–रुबेलाको खोप विद्यालय वा पायक पर्ने स्वास्थ्य संस्थाबाट लगाउन आग्रह

काठमाडौँ, २२ फागुन । सरकारले देशभर दादुरा–रुबेलाको खोप अभियान संचालन गरेको छ । विद्यालय, स्वास्थ्य केन्द्रलगायत विभिन्न स्थानबाट दादुरा–रुबेला खोप लगाउँदै आएको छ ।

तर विद्यालयमा दादुरा–रुबेला खोप नलगाइने भए पायक पर्ने अरु विद्यालय वा स्वास्थ्य संस्थाबाट यो खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै खोप केन्द्रबारे थाहा पाउन नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

देशभर दादुरा–रुबेला खोप अभियान फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ । मन्त्रालयका अनुसार तराईका २१ र काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चीन, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा

काठमाडौँ, २० मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।   Exchange Rate for December

काठमाडौँ, २० मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान

काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै