काठमाडौँ, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको नाम सार्वजनिक गरेको छैन ।
पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको सोमबार राति साढे १० बजे हत्या भएको थियो । कोठाबाट निस्किएर शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।