काठमाडौँ, २२ फागुन । महाशिवरात्री पर्वको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन मासु, मदिरा, नशालु पदार्थ बेचबिखन तथा सेवनमा निषेध गरेको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन नगर्न सूचना जारी गरेको हो ।