अपराध अनुसन्धानमा पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण

काठमाडौँ, २२ फागुन । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

१० वर्षको अवधिमा जम्मा दुई हजार ७७८ मुद्दाका पोलिग्राफ परीक्षण गरिएको हो । तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा २२५ जना, आ.व.२०७१/०७२ मा ४६८ जना, आ.व. २०७२/०७३ मा ३९१ जना, आ.व. २०७३/०७४ मा ५४३ जना, आ.व. २०७४/०७५ मा ५८५ जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७/०७६ मा ५८८ जना, आ.व. २०७६/०७७ मा ८५९ जना, आ.व. २०७७/०७८ मा ६०५ जना, आ.व.  २०७८/०७९ मा ३८१ जना, आ.व. २०७९/०८० मा ४८२ जना र चालु आर्थिक वर्षमा २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका २४१ जना, पूर्वप्रहरी कर्मचारी ६ जना, नेपाली सेनाका ४० जना, राष्ट्रिय अनुसन्धान विभागका पाँचजना र सशस्त्र प्रहरी बलका २९ जना गरी जम्मा ३२१ जना रहेका छन् । व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ हो । यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको