भक्तपुरमा स्कुटरसहित एक पुरुषको शव फेला

भक्तपुर, २१ फागुन । भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका- ३ का २६ वर्षीय छत्र थापा मृत भेटिएका हुन् ।

खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको हो । थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने