टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ, २१ फागुन । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको  टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला छ । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा  आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।

सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए ।  उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।  टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ   । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने