अनलाइबाट ५० लाख ठगी गर्ने चार युवा पक्राउ

काठमाडौँ, २० फागुन । अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनाको समूहले ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का आदित्य कुमार सिंह, सोही ठाउँका सिद्धार्थ कुमार सिंह, बारा कलैयाका राम सेवक राम र वीरगन्ज महानगरपालिका–१५ का आकाश साह छन् ।

उनीहरूले जामजाम इलेक्ट्रोनिक नामक फेसबुक पेज बनाएर विभिन्न ब्रान्डका महँगा मोबाइलहरू सस्तो मूल्यमा बिक्री गर्ने भन्दै पीडितलाई विभिन्न बैंक खाताहरूमा रकम पठाउन लगाएर ठगी गरेको खुलेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध पाँच जनाले उजुरी दिएका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने