दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ, २० फागुन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७८ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि  घट्न थालेको नेप्से अन्तिमसम्ममा ०.५९ प्रतिशतले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९६० अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर कायम भएको छ । यस्तै, नेप्से दोहोरो अंकले घट्दा २ अर्ब ८ करोड २७ लाख रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । प्रतिकित्ता ७४ रुपैयाँ बढेसँगै कम्पनीको समग्र मूल्य ८४० रुपैयाँ पुगेको छ । यस्तै, आज चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.४९ प्रतिशतले घटेको छ । सूचक दोहोरो अंकले घट्दा होटल तथा टुरिजम र उत्पादनमूलक उद्योगको सूचक बढेको छ । होटल समूहको सूचक २७ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक ४४ अंकले बढेको छ । 

यसबाहेक, सबै समूहको सूचकमा गिरावट आएको छ । आज व्यापार समूहको सूचक ७१ अंकले घट्दा निर्जीवन बीमा समूहको सूचक ५६ अंकले घटेको छ । यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १३ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि सिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य