काठमाडौँ, २० फागुन । काठमाडौँमा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित लोकतान्त्रिक चोकबाट ७ जना पक्राउ परेका छन् ।
टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।