फागुन २५ देखि हुम्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

सिमकोट, २० फागुन । यही फागुन २५ गतेदेखि हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएको हो । 

खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने गरिने भएको हो । अभियान सञ्चालनका लागि एक सय सात खोप केन्द्र स्थापना गरिएको छ । नाम्खा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३, चङ्खेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको