काठमाडौँ, २० फागुन । सुनसरीको इटहरीमा आगलागीमा परी महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको हो । स्थानीय विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको मृत्यु भएको हो ।
कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी पहिलेदेखि नै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएकी थिइन् । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।