आजको राशिफल

काठमाडौँ, २० फागुन । आज २०८० साल फागुन २० गते आइतबारको राशिफल ।   

मेष : आजको दैनिकी राम्रो छ । व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ ।

वृष : समय राम्रो छ । मन खुशी हुनेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । बन्धुबाट भने सहयोग नहुने खतरा छ । साथीभाइबाट अन्तरघातको जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अरुको प्रभावमा नपरी आफ्नै शैलीमा काम गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास जित्न नसकेको खण्डमा परिवारमा खटपटी हुनेछ ।

कर्कट : समय सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनाले दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सामान्य रुपमा अगाडि बढ्नेछ ।

सिंह : दैनिकी राम्रो छ । आफ्नो योजना कार्यान्वयन भएमा शतप्रतिशत सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सार्वजनिक जीवनमा सम्मान प्राप्त हुनेछ । परिवारको साथ रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : समय राम्रो छ । आफ्नो योजना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति प्रगति हुनेछ । परिवारबाट सम्मान प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । आर्थिक क्षेत्र सबल रहेको छ । दाजुभाइले राम्रो कामको सुरुवात गर्न साथ दिनेछन् । शिक्षाको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्ने देखिन्छ ।

वृश्चिक : समय सामान्य छ । बोलीको प्रभावले गर्दा काम बन्ने भएकाले प्रष्ट बोल्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा विवाद हुनेछ । वैदेशिक लगानीमा ठगहरू सक्रिय भएकाले सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन राम्रो छ । आफ्नो रोजाइका क्षेत्रबाट राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ भने शिक्षामा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । परिवारको साथले मनमा उत्साह बढ्नेछ ।

मकर : समय सामान्य छ । सञ्चित धनको खर्च हुने योग रहेको छ । सामाजिक क्षेत्रमा कमजोरी देखा पर्ने जोखिम रहेको छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । दाजुभाइले राम्रो सुझाव दिनेछन् । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भ : समय उत्साहजनक छैन । आर्थिक क्षेत्रको प्रयास सफल बन्नेछ । आफ्नै बोलीका कारण समस्यामा पर्ने जोखिम रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा डर, त्रास र जोखिम रहेको देखिन्छ । परिवार र प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ ।

मीन : दैनिकी राम्रो छ । बोलीको प्रभावले समाजमा राम्रो नतिजा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । मित्र र आफन्त सकारात्मक छन् । अचानक खर्च बढ्ने जोखिम रहेको छ । परिवार र प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, २५ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ ।  मुग्लिन–पोखरा सडक

काठमाडौँ, २५ मंसिर । खोटाङमा गोलिया काठ काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु भएको छ ।  रावाबेँसी–२ का वडाध्यक्ष डोलराज

काठमाडौँ, २५ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य यसप्रकार तोकेको छ । 

काठमाडौँ, २५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार