काठमाडौँ, १९ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन आग्रह गरेको छ ।
प्रहरीले आज विज्ञप्ति जारी गर्दै अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन आग्रह गरी अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको जानकारी दिएको छ ।