सुन्दरीको नेतृत्वमा पातञ्जल बागलुङ विस्तार

बागलुङ, १८ फागुन । बागलुङ पातञ्जल योग समिति नेपालको बागलुङ जिल्ला शाखा विस्तार गरिएको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं.०६ को पञ्चकोटमा आयोजित विशेष भेलाबाट योग गुरु सुन्दरी श्रेष्ठको अध्यक्षतामा शाखा विस्तार गरिएको पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष रमाराज भण्डारीले जानकारी दिएकी छन् ।

बागलुङ जिल्ला स्थित माँ भद्रकाली सेवा समुहको विशेष व्यवस्थापनमा सम्पन्न भेलामा योग ध्यान आरोग्य सञ्जालका राष्टिय अध्यक्ष डा.सुवास घिमिरे, पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्ले, उपाध्यक्ष कमला गुरुङ, महासचिव होम प्रसाद गौतम, केन्द्रिय सदस्यद्धय रश्मी भण्डारी एवं सपना गुरुङ, गण्डकी प्रदेशका उपाध्यक्ष विश्व प्रधान, सचिव रुद्र कार्की, कोषाध्यक्ष नबराज शर्मा पौडेल, सदस्यहरु टोल प्रसाद अर्याल एवं सिता पौडेल, गण्डकी प्रदेश सल्लाहकार प्रेम ब.शाह, पातञ्जल योग समिति लुम्बिनी प्रदेशका सदस्य दिपक प्रधान, पातञ्जल योग समिति रुपन्देही एवं काश्की जिल्लाका अध्यक्षद्धय क्रमश: लता प्रधान एवं राम बहादुर सुनुवार, माँ भद्रकाली सेवा समुहका संरक्षक नारायण प्रसाद श्रेष्ठ एवं सोहि समुहका अध्यक्ष तथा वरिष्ठ साहित्यकार काजिरोशन राजभण्डारी,पातञ्जल योग समिति नेपाल काश्की जिल्ला सचिव मुक्ति पनेरु,पोखरा महानगर समितिका अध्यक्ष लिला बहादुर गुरुङ एवं कोषाध्यक्ष संगीता थापा लगायतको विशेष उपस्थिति रहेको थियो । पातञ्जल योग समिति जिल्ला शाखा बागलुङले वैशाख महिना भित्र जिल्ला भित्रका पालिकामा संस्थालाई वैधानिक रुपमा सुचिकृत गरि वृहत योग शिविर आयोजना गर्दै योग प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गर्ने लगायतका निर्णयहरु गरेको पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशका सचिव रुद्र कार्कीले अवगत गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ ।  दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा

काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक,

काठमाडौँ, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।  आज सुर्खेतको वीरेन्द्रनगरमा

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन्