गोदावरी, १८ फागुन । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५ स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ । चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने संघीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो ।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाख रहेको गाउँपालिकाका सूचना अधिकारी यकम कलेलले जानकारी दिए ।