काठमाडौँ, १७ फागुन । प्रहरीले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला अदालतले कुटपिटको कसुरमा अनुसन्धानका लागि चार दिनको अनुमति दिएको काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारीले जानकारी दिए ।
बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी शर्मिलालाई काठमाडौँ ल्याइएको थियो । उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ । शर्मिलाविरुद्ध हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले जाहेरी दिएका थिए । पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको आरोप लागेको छ ।