लागु औषध कारोबार गर्ने एक जना पक्राउ

काठमाडौँ, १७ फागुन । सेफ्टी  ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ढलको फोहोर सफाइमा प्रयोग  गर्ने ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको हो । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो । 

मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

काठमाडौँ, २७ मंसिर । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज काठमाडौँ

काठमाडौँ, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न आवशक रहेको बताएका छन् । 

काठमाडौँ, २७ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन