बौद्धमा भिगन खाना महोत्सव

काठमाडौँ, १६ फागुन । काठमाडौँमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव हुँदैछ ।

पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले स्थापित स्नेहाज केयरले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस संस्थाले सन् २०१८ देखि वनस्पतिमा आधारित आहार (भिगन डाइट) को उपभोगले व्यक्तिको स्वास्थ्य साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, यससम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आइरहेको छ ।

शनिबार काठमाडौँको बौद्धअवस्थित उत्पला क्याफेको प्राङ्गणमा भिगन खाना महोत्सव आयोजना हुनेछ । यस कार्यक्रमको उद्देश्य वनस्पतिमा आधारित परिकारहरूको प्रचार प्रसार गर्ने साथ साथै वनस्पतिमा आधारित जीवन शैलीलाई प्रवर्द्धन गर्नु रहेको स्नेहाज केयरले जनाएको छ । यस महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, र सामाग्रीको प्रदर्शन, साथ साथै बिक्री वितरण हुने हुँदा भिगन रेस्टुरेन्ट, भिगन सामाग्रीहरूको विक्रेताहरुलाई स्टल राख्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ मंसिर । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ ।  दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा

काठमाडौँ, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरेको अलोकतान्त्रिक,

काठमाडौँ, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने बताएका छन् ।  आज सुर्खेतको वीरेन्द्रनगरमा

झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन्