सरकार जनताको मागअनुसार अघि बढ्न सकेन : अध्यक्ष ओली

विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।  

बुधबार विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए ।     

उनले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै उनले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताए ।  ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज