झापामा दादुरा-रुबेलाको खोप लगाइँदै

झापा, १६ फागुन । झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।

दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । 

स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताए ।

जिल्लाव्यापी खोप अभियानका लागि यहाँ स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निधारण गरिएका छन् । अभियानमा तीन ६९ खोपकर्मी र एक हजार सात सय १७ स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । खोप अभियान सञ्चालन गर्न दुई लाख ७० हजार थान खोपको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव

काठमाडौँ, १९ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुने जाेखिम छ