धादिङ, १५ फागुन । ठुलो परिणामको लागु औषध गाँजासहित ट्रक चालक पक्राउ परेका छन् ।
गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागु औषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।