नेप्से परिसूचक ९.३४ अंकले बढ्यो

काठमाडौँ, १५ फागुन । आज नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो ।

समूहगत सूचकहरुमा भने मिश्रित अवस्था देखिएको छ । केही समूहहरु बढेका छन् भने केही घटेका छन् । उत्पादन समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । घटेका समूहको गिरावट दर ०.३ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, उत्पादन २१७, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ७७ र ब्यापार समूह २९ अंक बढे । अन्य ०.९, जीवन बीमा ८, होटल तथा पर्यटन २.८ र फाइनान्स समूह ५ अंक घटे ।

बोटलर्स नेपाल बालाजु र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सामलिङ पावरको ९.२, बोटलर्स नेपाल तराईको ८.७, गुराँस लघुवित्तको ८, धौलागिरि लघुवित्तको ७.९, हिमालयन पावर पार्टनरको ६.३ तथा हिमालयन हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो । चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने