काठमाडौँ, २९ माघ । धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।
वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका करिब सवा ८ बजे बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा४ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको हो ।
दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते स्थानीय एक बालकसहित दुईजनाको उपचार जारी छ । टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।