काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको हो ।
विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको छ । वाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो ।