माओवादी स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ, २७ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।  हिजोको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन् ।  विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका थिए ।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि

काठमाडौँ, १३ बैशाख । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ललितपुरमा

१० वर्षे सशस्त्र युद्धको रुपमा आफ्नो ज्यानलाई बाजी थाप्दै वाइसिएलको ज्यादती र एमालेविरुद्धका अपराधिक गतिविधिको विरुद्धमा संघर्ष गरी एमाले र