आर्थिक वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री महत 

काठमाडौँ, २६ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् ।

आज मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् । 

आर्थिक वृद्धि उच्च हुन उच्च प्रतिफल दिने आयोजनामा ऋण लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताए । स्रोतको सुनिश्चित नगरी ठेक्का लगाउने प्रवृत्तिले गर्दा समस्या निम्त्याएको उनको भनाइ छ । त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ । 

चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलन १० प्रतिशतभन्दा बढी हुने अनुमान गरेको उनले बताए । पारदर्शी राजस्व प्रणाली विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री महतले त्यसतर्फ सरकारले तयारीका साथ काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका