५ अंकले बढ्यो नेप्से सूचक

काठमाडौँ, २५ माघ । नेप्से सूचक पौने ५.७४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । 

आज कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार रुपैयाँ बराबरको र अपी पावर कम्पनीको ७ करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज बैंकिङ, जीवन बीमा, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ११ वटै उपसूचक धनात्मक भएका छन् । १५७ कम्पनीको सेयर मूल्य बढ्दा आज ८२ वटाको मूल्य घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।