गोली र लागुऔषधसहित चारजना पक्राउ

काठमाडौँ, २५ माघ । ललितपुर प्रहरीले दुई राउन्ड गोली र लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।

बुधबार महालक्ष्मी नगरपालिका–६, चागाँथलीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चाँगाथलीमा बस्दै आएका दोलखाको मेलुङ गाउँपालिका–१ का ३२ वर्षीय सुरेश उप्रेतीसहित चारजना छन् । नौ एमएमको गोली दुई राउन्ड र अवैध लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले उनीहरूका साथबाट उक्त गोली, अवैध लागुऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्रोजन नौ ट्याब्लेट, स्पाम्स १४ ट्याब्लेट, डिजिटल तराजु एक, फलामको नक एक, मोबाइल आठ, एटीएम कार्ड चार, चेक बुक, आईएमई कार्ड एकथान र नगद पाँच हजार ३७५ रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । काठमाडौँबाट कौडा खेल्ने/खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार यो समाचार

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५