विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ : मन्त्री महत

काठमाडौँ, २५ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् ।

आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका हुन् । यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा.महतले बताए । ‘कर्मकाण्डीरुपमा लागेर मात्रै हुँदैन । सबै निकाय गम्भीर बन्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘र सबै तह, निर्देशन समिति, कार्यान्वयन समिति लगायतले गम्भीरताका साथ काम गर्न जरुरी छ ।’

अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधिखोजी गरिरहेका छन् । अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन देखिने गरेको सम्झिँदै उनले अहिले त्यो अवस्था फेरिएको बताए । उनका अनुसार यो अहिलेसम्म नेपालमा सम्पन्न सबै प्रकारका सम्मेलनभन्दा विशेष हुनेछ । यो सम्मेलनमा विश्वभरका ९२ भन्दा धेरै देशका प्रतिनिधि सहभागिता बन्नेछन् । विश्व बैंकका अध्यक्ष र विभिन्न देशका सरकार प्रमुख र अर्थमन्त्रीहरूको सहभागिता समेत रहनेछ ।

सोहीकारण, वैशाख १६ र १७ सम्म चल्ने सम्मेलनलाई सफल बनाउँदै विदेशी लगानी भित्र्याउनका लागि नेपालले छाती फराकिलो पार्नुपर्ने डा.महतले बताए । ‘विदेशी लगानी आयो भने सबैलाई फाइदा हुन्छ,’ उनले भने, ‘लगानी नै आएन भने राज्यलाई र रोजगारीको खोजीमा रहेकालाई पनि फाइदा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको