स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव

जनकपुरधाम, २५ माघ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य मन्त्रीले उम्मेदवारको सिफारिस गरेर नपठाउँदा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ढिलाइ भएको बताएका छन् ।

‘स्वास्थ्य मन्त्रीले म कहाँ सिफारिस गरेर पठाएको भोलिपल्टै उपकुलपति नियुक्त गरेर पठाइदिन्छु । ढिलाइ उतै भएको छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवले भने ‘अब दुई/तीनदिन भित्रै मेरो हातमा सिफारिस आइपुग्छ । म नियुक्ति गरिदिन्छु ।’ २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भए पनि १० महिना बित्न लाग्दासमेत पद रिक्त छ । मुख्यमन्त्री यादवले उपकुलपति सिफारिसका लागि आफूले कुनै हस्तक्षेप नगरेको समेत दाबी गरे । स्वास्थ्यमन्त्री सिंह कांग्रेसका हुन् ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आहृवान गरेको थियो । १५ र २१ कार्तिकमा ९ उम्मेदवारको नामावलीको दरखास्त परेको नामावली प्रकाशन गरेको थियो । मन्त्रालय स्रोतका अनुसार दरखास्त दिएका डा. विद्यानाथ यादव (सप्तरी) जसपा अध्यक्ष उपेन्द्र यादका सम्धी हुन् । डा. रमेशप्रसाद सिंह (सर्लाही) स्वास्थ्यमन्त्री सिंहका जिल्लावासीसँगै निकटस्थ हुन् भने प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. अंकुर साह निमित्त उपकुलपति पनि छन् ।

मुख्यमन्त्रीले उपेन्द्रका सम्धी विद्यानाथ र स्वास्थ्य मन्त्रीले रमेश प्रसादलाई बनाउने स्वार्थमा विवाद हुँदा ढिलाइ भइरहेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । तर, मुख्यमन्त्री यादवले उपेन्द्र यादवको सम्धीलाई उपकुलपति बनाउन कुनै भूमिका नखेलेको दाबी गरे । ‘उपेन्द्रजीको सम्धीको सिफारिस गर्न मैले कहिल्यै भनेकै छैन । मन्त्रालयको स्वास्थ्य समितिले सिफारिस गरेकोबाट जसको नाम १ नम्बरमा आउँछ । म उनैलाई उपकुलपतिमा नियुक्ति गर्छु’ मुख्यमन्त्री यादवले भने, ‘म मुख्यमन्त्री हुँदा पनि कुनै पनि मन्त्रालयमा इनरफेयर गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका