२० हजार किशोरीलाई एचपीभी खोप

काठमाडौँ, २३ माघ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २० हजार किशोरीलाई खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चौध देखि १५ वर्ष उमेरका २० हजार किशोरीलाई  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाइएको हो  ।

महिलामा देखिने क्यान्सरमध्ये बढी मात्रमा पाठेघरको मुखको क्यान्सर भएकाले सो खोप लगाइएको हो । क्यान्सर रोकथामका लागि थप खोप ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ  । 

सानै उमेरमा विवाह, असुरक्षित शारीरिक सम्बन्ध, सरसफाइमा हेलचक्रई लगायत कारणले पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । पाठेघरको मुखको क्यान्सरका बिरामी २१ देखि २२ सय जना वार्षिक रूपमा देखा पर्ने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।